Home Article शाकाहारी हुन किन जरुरी छ

शाकाहारी हुन किन जरुरी छ

by jkapeed
285 views

ऋाहार शुद्धैं सत्व शुदैं सत्व शुद्धैं
धुवा स्मृती स्मृती लम्बे सर्व ग्रन्थीमान विप्रमोक्ष

धर्मको र स्वास्थ्यको हिसाबले शकाहार जिबन हामी मानबजातीहरुको लागी महत्वपूर्ण छ । शकाहार जिबनले हाम्रो पाच जनेन्द्रियहरुलाई शुद्ध पार्दछ । हामीले जुन जनावर ग्रहण गर्दछौ उक्त जनावरको गुण धर्म आदि सबै ग्रहण गर्दछौ ।

हामी हाम्रो जिब्रोको स्वादको लागी मासंहार भएका छौ । प्रकृतिमा जतिपनी उब्जाउ चिजहरु छन् त्यो हाम्रो लागी बनेको हो जबकी कुनै प्राणीको गर्भबाट जन्मेको प्रणी ।

पर्नाड शाहले पनि भनेका छन् “जनावरहरु मेरा मित्र हुन र मैले आफ्ना मित्रहरुलाई ग्रहण गदिन ।” बेलायतको एक अनुसन्धानबाट पनि यो प्रष्ट पारिएको छ ९५% मानिसहरु रोगी हुनुको कारण पनि मासुनै भएको पष्टाईएको छ ।

साकाहार जिबन एउटा यस्तो जिबन हो जसले हाम्रो नाकारत्मक सोच लाई सकारात्मक सोच तर्फ धकेल्छ ।

झन् मुटु सम्बन्धी रोग भएका उच्च रक्तचाप भएकाहरु लाई र यूरिक एसिड भएकाहरुलाई तँ मासंहार जिबन अभिसाप हुन्छ । हामी मुटु सम्बन्धी रोगबाट बच्नको लागी शाकाहार जिबन एकदौ महत्वपूर्ण छ । यो संसारमा शाकाहार जिबन भन्दा मासंहार जिबन ब्यतित गर्ने मानिसहरुनै धरै छन् ।

माछा मासुले रगतमा कोलस्ट्रोलको मात्रा बढाउने हेदा यस्तो भोजनलाई बहिस्कार गर्नु अति जरुरी छ । त्स्तै हाम्रो महान चाडु मनाई रहदा प्राय मानिसहरु मासुनै खाने गर्दछन् । मासुमा बिभित्र परिकार बनाएर आफ्नो जिब्रोलाई स्वादिलो बनाउन तल्लिन रहन्छौ ।

यदि ती जनावरहरुमा कुनै रोग भएमा त्यस्ता जनाबरहरु बाट रोगका साथै त्यस्ता जनबरलाई खुवाएको औषधीहरुको असर पनि हाम्रो शरीर भित्र प्रवेष गर्दछ ।

लिण्डा म्याकर्थनीको भनेई अनुसार यदि बदशालाका भित्ताहरु शिशाका भए सारा संसार शाकाहारी हुन्थ्यो होला । अर्थात जबकुनै निरीह कमजोर जनावरलाई हामीले बधसालामा कठोर रुपमा मार्दछौ त्यसबेला उक्त बधशालाका झल्कने भए र त्रासले सन्ताप जनावर लाई देखाउने क्रोध प्रति भए निरास सबै उक्त मासुमा झल्कने देखिन्छ । हामिले बिभित्र परिकार बनाएर खादा त्यो क्रोध पनि हामी मा सर्ने गर्दछ ।

तसर्थ शाकाहारी खाना खाने ब्यक्तिहरुमा भन्दा मासंहारी खाना खाने ब्यक्तिमा क्रोधको मात्रा बढि हुने गर्दछ ।

तसर्थ मनुस्य जिबनको सार्थकताको लागी शाकाहारी जिबन एकदमै महत्व छ । एक पल्ट तपाई शाकाहारी जिबन ब्यतीत गरेर हेर्नुहोस् अनि तपाईहरु लाई थाहा हुन्छ के भिन्नता छ । धर्मको हिसाबले पनि अरुको हत्या गनु महापाप हो । कुनै पनि देवी देवताले आफ्नो सन्तानको वलि चाहादैनन् ।

मानिसहरुले आफ्नो जिव्रोको क्षणिक स्वादको लागि दिनदिनै हजारौ जनावरहरुको बध गरिरहेका छन ।

अर्कोकुरा हामी लाई हामी भन्दा ठुला बलवान राक्षसहरु आएर हामीलाई धमाधम काट्न थालेमा हामी पनि एक निरह कमजोर प्राणि झै बत्र पुगदछौ ।

हामी उसप्रति प्रतिकार गर्न सक्देैनौ त्यसकारण जनावरको लागि वध गर्ने मानिस राक्षस झै हुन् ।

जव सम्म जनावरहरु मारिनेछन् तवसम्म यो विश्व विभिन्न दुःख पीडामा अल्झीरहने छ ।

तसर्थ हत्या नगरै, ब्यक्तिगत रुपमा बाच्नपाउने अधिकारको जगेर्ना गरै, शाकाहारी जिबन ब्यतित गरौ ।

related articles

Leave a Comment