Home Features हिमालयन भेगान महोत्सव प्रेस विज्ञप्ति

हिमालयन भेगान महोत्सव प्रेस विज्ञप्ति

by jkapeed
237 views

हिमालयन भेगान महोत्सव २०२२ शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व, शाकाहारी जीवनशैलीको प्रवद्र्धनको लागि चालिएको एउटा महत्वपूर्ण कदम हो । यो अन्तरराष्ट्रिय महोत्सव हिमालय शृङ्खलाको काखमा रहेका सुन्दर दुई हिमाली राष्ट्रमा २०७९ वैशाख २ देखि ४ गतेसम्म (तद्अनुसार अप्रिल १५ देखि १७ तारिखसम्म)
नेपालको राजधानी काठमाडौँमा र वैशाख ५ देखि ७ गतेसम्म (तद्अनुसार अप्रिल १८ देखि २० गतेसम्म) भुटानको राजधानी थिम्पुमा सम्पन्न हुनगइरहेको छ ।
यस्तो प्रकारको महोत्सव हिमालय क्षेत्रमा क्षेत्रमा पहिलो र ऐतिहासिक हुनेछ । महोत्सवलाई रमाइलो र ज्ञानवद्र्धक बनाउनका निम्ति विभन्न क्रियाकलाप जस्तै, पाक कलाको प्रदर्शनी, म्याराथन दौड, शाकाहार र प्राणीकल्याणका क्षेत्रमा कार्यरत प्रसिद्ध व्यक्तित्वको महोत्सवमा उपस्थिति रहनुका साथै धेरै वर्कसप तथा गोस्ठी, सञ्चालन गरिनेछन्।
हाल विश्वमा विशुद्ध शाकाहारी जीवनशैली विश्वव्यापी रूपमा फस्टाउँदै गइरहेको पाइन्छ । जलवायु परिवर्तन र त्यसले निम्त्याएका विभिन्न रोगसंग लड्न विशुद्ध शाकाहारी जीवनशैली एउटा महत्वपूर्ण, सहज र प्रभावकारी कडी भएको देखिन्छ । यहि विषयलाई मध्यनजर गर्दै नेपालमा बढ्दै गईरहेका विशुद्ध शाकाहारी अभियानसंग आवद्ध विभिन्न संघसंस्था तथा उद्योगलाई समेत हौसला दिनका निम्ति पनि यो महोत्सवको आयोजना गरिएको हो ।
विशुद्ध शाकाहारी आहार, आहार मात्र नभई मानव समाजलाई दया, करुणा, प्राणी कल्याण र अहिंशाको मार्गमा चल्न सिकाउने माध्यम पनि हो । यहि संदेश फैलाउँदै तपाईं सबै करुणामयी महानुभावलाई यो पावन महोत्सवमा सहभागी भइदिनुहुनका लागि हार्दिक निमन्त्रणा अर्पण गर्दछौँ । यो महोत्सव शाकाहारी वा भीगनको मात्र हैन । सबै यसमा सहभागी हुुन पाइने छ । साथै कार्यक्रमस्थल प्रवेशमा कुनै पनि किसिमको शुल्क नलाग्ने व्यहोरा पनि जानकारी गराउँदछौँ ।

related articles

Leave a Comment