Home Article बलि सम्बन्धमा हामी सबैले जान्नुपर्ने कुरा, धार्मिक र वैज्ञानिक प्रमाणसहित

बलि सम्बन्धमा हामी सबैले जान्नुपर्ने कुरा, धार्मिक र वैज्ञानिक प्रमाणसहित

by jkapeed
292 views

पद्मपुराण पद्मोत्तरखण्ड अध्याय १०४ मा करुणामयी माता माता दुर्गा भगवान शिवसंग भन्नुहुन्छ–
“यूपे बद्ध्वा पशून् हत्वा करोति रक्तकर्दम ।
तेन चेत् प्राप्यते स्वर्गो नरकं केन गम्यते ।।
मद्व्याजेन पशून् हत्वा यो भक्षेत् सह बन्धुभिः।
तद्गात्रलोमसंख्याब्दैरसिपत्रबने बसेत्।।”

अर्थात्ः– “हे प्रभु१ मौलोमा पशुलाई बांधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त? भगवन! जसले मेरो नाम बेचेर पशु मारी बन्धुहरूको साथमा खान्छ उसले मारिएको पशुको शरीरमा जति रौँ छन् त्यति वर्ष सम्म कुम्भिपाक नामक नर्कमा र असिपत्रबन नामक नरकमा बास गरी तरबारका धारको प्रहारका साथमा घोर यातना भोग्नेछ।”

जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू खुशी हुन्छन् भनेर उद्घोष गर्ने वैदिक सनातन हिन्दु धर्ममा मात्रै नारीको ईश्वरको रूपमा पूजा हुन्छ। अन्य धर्ममा पुरुषको मात्रै पूजा गरिन्छ। सबै धर्मशास्त्र देवीदुर्गालाई या देवी सर्वभूतेषु मातृरूपेण, दयारूपेण, सस्थिता भनी प्रतिपादन गरिएको छ।

त्यसैले मातादुर्गा सम्पूर्ण प्राणीहरूकी वात्सल्यमयी, दयामयी आमा हुनुहुन्छ। के कुनै आमालाई उनकै सन्ततिको हत्या गरी रगत र मासु चढाएर खुशी बनाउन सकिएलारु के देवीदेवताले रगत र मासु खान्छन्रु
********************बाल्मीकि रामायणका अनुसार:- राक्षसाः पिशिताशनाः अर्थात् पिशित (मासु) अशन (खाने) हरू राक्षस् हुन् । तर देवताहरूको भोजन घ्यू हो। देवा आज्यपाः (यजुर्वेद) शतपथ ब्रहमाणका अनुसार चरुर्वै देवानामन्नं अर्थात् चरुपनि देवताको आहार हो। तर कुनै पनि वैदिक ग्रन्थमा कतै पनि देवीदेवताले मासु खान्छन् भनेर भनिएको पाइर्दैन। यस्ता करुणामयी देबीलाई हत्या गरी खुवाउन तम्सिएका यी कति सम्मका धुर्त र आततायी हुन्। मासु खानु नै मन छ भने आफ्नै जोखिममा खाउन न , किन देवीको नाममा हत्या गर्नुपर्यो?

माता देवी दुर्गाले यस्ता पापीलाई असिपत्र नामको नरकमा कोच्ने उल्लेख हुदाहुदै जब देख्छु कोही कोही यस्तो जघन्य हत्याकाण्ड (बलि)को पक्षमा पनि छन्, देबी देवताको नाममा निरपराध पशुको हत्या गरी आपनो इन्द्रिय तृप्ति गर्न पल्केकाहरू पनि छन्…. धिक्कार छ यस्ता नरपिशाचहरूलाई….

प्रत्येक सच्चा हिंदुहरूको ब्रह्मले चिच्याई चिच्याई भन्छ, यस्तो जघन्य, बिभत्स, क्रुर हत्याकांडलाई धर्म भन्नेहरू वा मान्नेहरू वा यस्तोको समर्थन गर्नेहरू मासु खान नपाएर मर्न आटेका स्वार्थी पिशाच हुन्, गिद्ध हुन। यिनीहरू तर्क र बहसका पात्र होइनन्, गाली र सजायका भागिदार हुन्, यस्तालाई गाली न गरे कसलाई गर्नुरु यस्तालाई सजाय न दिए कसलाई दिनुरु यदि यस्ता धर्मात्मा भए, पापी को हुन्?

धर्मको नाममा बलि दिने यी हत्याराहरू मनुष्यका भेषमा राक्षसहरू हुन्। यस्तो कूकृत्यको समर्थन गर्नेहरू असुर हुन्, पागल हुन्, समाजका किरा हुन्। अमेरिका , युरोपका कबिगनजतभच जयगकभक मा दिनहु काटिने पशु त कम से कम इन्द्रिय सुखका (जिब्रोको स्वादको) लागि काटिए तर यो के हो?? धर्मको नाममा ???? यी पाजि हत्याराहरूलाई धर्म भनेको थाहा छ? के चलनचल्ति(चलि आएको चलन) भनेको धर्म हो? शाश्त्र पढेको खै? मासु खाना नपाएका गिद्दहरु हो, यदि देवीरदेवताका लागि हो भनि तर्क गर्छौ भने यस्तो कू–चलन गर्ने वा समर्थन गर्न खोज्ने वा तिनका छोरारछोरीलाई बलि किन दिदैनौं ?

सांसारिक बिषय भोगको चाहनामा यसरी अबोध, निरीह प्राणीको हत्या गर्ने र समर्थन गर्ने यी पाखंडीहरु हिंदु कुनै हालतमा पनि होइनन्र हुनै सक्दैनन्। यिनीहरू पागल अपराधी हुन्, मनुष्य भेषमा बौलाएको हिंस्रक पशु हुन्, सजायका भागीदार हुन्। यस्तो बिभत्स हत्या काण्ड९बलि प्रथा० सनातन हिंदु धर्म होइन। यस्तो कार्य गर्ने, सघाउने वा समर्थन गर्ने तामसिक गुणले लतपतिएको क्रूर बुद्धिहीन पशु भन्दा तुच्छ हो।
***************************?बलि प्रथा कसरी शुरु भयो?
“यजन्ते सात्विका देबान्यक्षरक्षान्सि राजसाः।
प्रेतान्भुत गणान्श्चान्ये यजन्ते तामसाः जनाः।।”
(गीता अध्याय १७ श्लोक नं. ४
अर्थात्ः– “सत्वगुणी व्यक्तिहरू देवताको पूजा गर्दछन, रजोगुणीहरू राक्षस र यक्षको पूजा गर्दछन् अनि तमोगुणीहरू भूत–प्रेतको पूजा गर्दछन्।”

जहाँकहिँ पनि यदि तपाई देख्नुहुन्छ की शक्तिपूजाको नाममा(तिनीहरुले आफ्नो भगवानरदेवता नै भन्लान्) मासुररक्सी चढ़दैछ, थाहा पाउनुहोस् की त्याहा भूतको पूजा हुदैछ। तामस गुण अन्तर्गत भूत, प्रेत र पिशाचको अनुष्ठान गर्न बलिको आवश्यकता पर्दछ। भूत, प्रेत र पिशाचको अनुष्ठानबारे हाम्रो शास्त्रमा पनि बर्णन् गरिएको छ कि यस्ता अनुष्ठान गर्ने व्यक्तिलाई क्षणिक लाभ भएको जस्तो देखिएता पनि त्यस्ता व्यक्तिलाइ न यस जन्ममा सुख मिल्छ न परलोकमा।

“यान्ति देबब्रता देवान, पित्रिन यान्ति पित्रिब्रता।
भुतानि यान्ति भुतेज्या, यान्ति मध्याजिनोपी माम।”
(गीता अध्याय ९ श्लोक नं. २५)
अर्थातः– “देवताको पूजा गर्ने देबताकैमा पुग्छन्, पितृको पूजा गर्ने पितृकै पुग्छन भूतको पूजा गर्ने भुत कै पुग्छन् र मेरो भक्त म कहा नै आइपुग्दछ।”

गीता ज्ञान दाता प्रष्ट भन्नुहुन्छ, भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनी वा जनावरको योनिमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन्। भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन्। समय बित्दै जादा व्यक्तिहरू शाश्त्र अध्ययन भने नगर्ने भए र यस्ता तामसिक शक्ति प्राप्तिको लागि गरिने बलि प्रथाप्रति आकर्षित हुदै गए र बलि दिएपछि मासु पनि खान पाइने र पश्चिमेली समाजले मांसाहारीको पक्षमा वकालत गरिदिदा, आगोमा घिउको काम गर्दै, एकले अर्कोको देखासिकी गर्यो अनि अर्कोले त्यसको हुदै अहिले आएर यो एक बिकराल समस्याको रुपमा देखा परेको छ। यी बलि दिनेलाई किन बलि दिएको र कसले सिखायो भन्ने प्रश्न गर्नु भयो भने बाउरबराजुले यस्तै गरेकोले देखासिकी गरेको भन्छन्। बलि पश्चात प्राप्त हुने मासुको स्वाद सम्झदै आफुले गरेको जघन्य हत्याकाण्डको पक्षपोषण गर्छन्।

भूतप्रेतको लागि गरिएको पशुबलि इन्द्रिय तृप्ति र शास्त्र नपढ़ने अज्ञानताका कारण समयानुशार कालखंडमा यिनीहरूले देवीको लागि नै पनि दिन थाले। सुनिन्छ हाल आएर भगवान शिबजीको लागि पनि बलिप्रथा शुरु गरी सकेका छन्। पशुपतिनाथ जो पशुका नाथ हुन उनका लागि पनि बलिको नाममा पशु–हत्या यिनीहरुले शुरु गरिसके। यहि अवस्था जारी रहने हो भने इन्द्रिय तृप्तिका लागि लागिपरेका यी पिपासुहरुले चाडै नै आउदो ५०र६० वर्ष भित्रै भगवान श्रीविष्णु र श्रीकृष्णको लागि पनि बलि प्रथा शुरु गर्नेछन्।

**********************************************सनातन हिंदु शास्त्रले के भन्छ?
१) वैदिक सनातन धर्मले त ‘अहिंसा परमो धर्मं’ भन्छ, यहाँ बलि(हत्या) त धेरै परको कुरा हो।। मांस भक्षण नै ठुलो पाप मानिन्छ। भगवानको नाममा बलि (पशु हत्या) गर्ने हिन्दु, शास्त्र ज्ञान न भएको अज्ञानी वा आशुरी वा तामसिक तान्त्रिक वा भुतरप्रेत पुजारी हो। शास्त्रानुशार मांस भक्षण नै धेरै, धेरै, धेरै ठुलो अपराध हो ।

जसरी प्रधानमंत्री, राष्ट्रपति जस्तो ठुलो पद पाएपछि त्यही अनुरूप मर्यादा पनि हुन्छ त्यसैगरी मानब शरीर पाएपछि त्यसको आफ्नै मर्यादारकानुन हुन्छ। ‘बाघ, बिरालोले त मासु खान्छू भनेर मासु खान खोज्नु त पाएको मानब शरीरको मर्यादा बिर्सनु हो। मनुश्यलाई त बनस्पति खादा पनि माफि माग्नु पर्ने बिधान बेदमा छ भने मारेर मासु खानु त राक्षसीय कार्य भयो।

२) मनुष्य शरीर मात्र यस्तो शरीर हो जसमा बसेर आत्मा (तपाई/हामी)ले सोच्न सक्छौ की के सही र के गलत। बाघ, बिरालो, कुकुरले मासु खायो भन्दै मासु खाने मनुष्यले मानब शरीर पाएर पनि पशु शरीर नै पाएको हो।

३) ८४ लाख शरीरहरू छन। प्रत्येक शरीर/उद्भिज अर्थात वनस्पति बाहेक)ले एकले अर्कालाई खाएर बाच्छन। यी शरीरहरू मध्य मनुष्य शरीर मात्र कर्मप्रधान शरीर हो भने अन्य सबै भोगप्रधान शरीर हुन। भोगप्रधान शरीरहरूलाई प्रकृतिले नै शरीर अनुशार भोजन उपलब्ध गराउछिन भने मनुष्य अर्थात कर्मप्रधान शरीरलाई बुद्धिरबिबेक दिईएको हुंछ की उसले प्राप्त बुद्धिरबिबेक अनुशार आफ्नो लागि उचित भोजनको निर्णय गरोस अन्यथा सजायको भागीदार होस। मनुष्य शरीर कर्मप्रधान भएकोले नै उसको प्रत्येक कार्यको उचित कर्मफल निर्दिष्ट हुंछ र जसद्वारा ऊ बाधिन्छ। मनुष्य भोजनको लागि अन्य व्यवस्था हुदाहुदै फगत इन्द्रिय तृप्तिको लागि पशु हत्या गर्छ वा कथित बलि जस्तो बहानामा धर्मको नाममा हत्या गर्छ भने सोही अनुरूप सजायरूपी फल त्यसले अवस्य नै भोग्नु पर्दछ।

४) सोच्नुहोस तपाई कमजोर हुनुहुन्छ र यस्तो समाजमा हुनुहुन्छ जहा निर्धन प्राणीलाई मारेर खाइन्छ, अब तपाईलाई खाने पालो।। सोच्नुहोस्।। तपाईलाई काटिदै छ।। तपाई चिच्चाउदै हुनुहुन्छ तर तपाईलाई रेट्दै छन्।। तपाईलाई रयाल काढेर हेर्दैछन्।। तपाईको मासु खान।। सोच्नुहोस्।।

५० बास्तबमा मांस भक्षण परलोक बिज्ञानसंग सम्बंधित छ। जसले जन्म अघि र मृत्यु पछिको सोच्दैन ज्यादातर त्यस्तै मूर्खहरु मांसाहारी हुन्छन्। जसरी कक्षा १० को बिध्यार्थीको लक्ष्य कक्षा ११ मा जानु हुन्छ त्यसैगरी मानब शरीरको लक्ष्य कमसे कम मथिल्लो देब योनि प्राप्त गर्नु हो ।याद राख्नुहोस, मांसाहारीले त “अहिंसा परमो धर्मू जस्तो मुल मन्त्रको नै उल्लंघन गर्यो तसर्थ अर्को जन्ममा मानब शरीर त कुनै हालतमा पनि पाउदैनन्। बिभिन्न निम्न योनिको पुनस् अनुभब पछि मात्र पुनस् मानब शरीर पाउछ र अर्को अवसर प्रदान गरिन्छ ।

६) वैदिक सनातन धर्ममा (हिन्दु) मा हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन।
“जो व्यक्तिको मृत्यु तामसिक गुण प्रभावित अवस्थामा भएको छ, त्यो अवश्यपनि मृत्यु पछि जनावरको योनिमा जन्म लिनेछ।”
(गीता अध्याय १२ श्लोक नं १५ )
भावार्थः– भगवानको नाममा बलि (पशु हत्या) गर्ने हिन्दु, शाष्त्र ज्ञान न भएको अज्ञानी वा आशुरी वा तामसिक तान्त्रिक वा भुत र प्रेत पुजारी हो।

७) जसरी बाघ,बिरालो आदिलाई मासु खाने अनुमति दिइएको छ त्यसैगरी मनुष्यलाई बनस्पति र फलफूल मात्र खाने अनुमति दिईएको छ, बनस्पति खादा हुने हत्याको पनि प्रायश्चित प्रत्येक ३र३ महिनामा कुनै प्रायश्चित कर्म ९गो दानररुद्रीरलक्ष्मी नारायण पुजा० गरी माफी माग्नु पर्ने बिधान वेदमा उल्लेख छ।

८) महाभारतमा भनिएको छ–
“सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा
धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते –”
अर्थात्ः– “मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त ९फटाहा० हरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन।”
त्यस्तै, प्रसिद्ध ग्रन्थ महाभारतमा नै हिंसा, हत्या याग्ने तथा मासु नखानेमानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ
वर्षेवर्षेक्श्वमेधेन यो यजेत शतं समाः।
यस्तु मांसं न खादेत तयोः पुण्यफलं समम्।।
(महाभारत, अनु ११५)

९) “अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः।। ” ( मनुस्मृति ५.५१
अर्थात्स्-“जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्रि गर्छ र जो खरीद गर्छ, जो यसलाई पकाउछ र जसले मासुको भक्षण गर्छ तिनीहरू सबैको बिनाश हुन्छ।”

१००ू य– अहिंसकानि भूतानि हिनस्ति आत्मसुखेच्छया ।स जीवंश्च मृतश्चैव न क्वचित् सुखमेधते ।।” ( मनुस्मृति ५.५४
अर्थात्ः– “त्यो मनुष्य जो अबोध पशुको कुनै पनि कारणले हत्या गर्दछ त्यसको मृत्यु पछिको गति भयावह हुञ्छ।)”

११) -स्कन्द पुराणमा स्पष्ट पार्दै भनिएको छः
“धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन्।
कर्मणा च तथा वाचा तत् एतां समाचरेत।।”
(स्कन्दपुराण ६। २३४। १९)
अर्थात्स्(“धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरीविचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरणगर्नुपर्छ।”)

१२० “ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येनः गताः साः पन्थाः’’।
धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा–हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।

१३) “अहिंसा परमो धर्मू नै बैदिक सनातन धर्मको मूल नारा हो। मांस भक्षण गर्नु अरुलाई हत्या गर्न उक्साउनु हो तसर्थ मांस भक्षण गर्ने ब्यक्ति हिंसाबादी पापी हो।

१४ ) श्रीमद भागवतममा उल्लेख भए अनुसार भगवान बुद्ध स्वयम् भगवान कृष्ण हुन्। मानिसहरूले वेदको गलत अर्थ लगाएर पशुहत्या शुरु गरे, जसको बचाऊ गर्न भगवान श्री कृष्ण, बुद्धको रुपमा यस धरातलमा आएका थिए।

१५) वेद भन्छः
“पशून् पाहि मां हिंसात्”
अर्थात् :– कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन।

यस्ता अनेकौ श्लोकहरू शास्त्रमा लेखिएको छ।
*************************** ?महापुरुषहरू के भन्छन?
१) पशु मेरा मित्र हुन् र म आफ्नो मित्रको भोजन गर्दिन। – जर्ज बर्नार्ड शा

२) मनुष्य स्वस्थ रहन र बाच्न भोजनको लागि पशु हत्याको जरुरत छैन तसर्थ यदि मनुष्यले भोजनको लागि पशु हत्या गर्छ भने त्यो कार्य उसको ईन्द्रिय तृप्ति शिवाय अरु केहि होइन र यो अमानबीय कार्य हो। – स्लाउ टेरहो

३) जबसम्म मनुष्यले पशु(पंंक्षी सहित सम्पुर्ण जीबात्मालाई आफ्नै समुदायको ठान्दैन, तबसम्म उसलाई शान्ति मिल्दैन।–अल्बर्ट शोवेतजर

४) मेरो बिचारमा शाकाहारी शिद्धान्त र जिबनले मनुष्यको भौतिक अवस्थामाथि सकारात्मक प्रभाव पार्ने हुदा सम्पूर्ण मानब समुदायलाई नै परम लाभ पुर्याउदछ।- अल्बर्ट आईन्सट़ाइन

५) अहिंसा सबैभन्दा उच्च आदर्श हो र सृष्टिको उद्धेश्य हो। जबसम्म हामी अन्य जिबजन्तुमाथि हिंसा गर्ने प्रबृत्ति रोक्दैनौ, तबसम्म हाम्रो ब्यबहारमा पशुत्वको प्रभाव रहन्छ।– थोमस ए एडिसन

६. शिद्धान्तह तिनीहरू यस निष्कर्षमा पुगे कि मनुष्यको पशुमाथिको श्रेष्ठता पशुरक्षाको लागि नै हो न कि पशुको हत्या गरी भोजन गर्नको लागि र त्यहा मनुष्य–पशुबीच आपसी सदभाव हुनु पर्दछ। तिनीहरुले यो पनि थाहा पाए कि मनुष्यले भोजन बाच्न को लागि गर्नु पर्दछ न कि इन्द्रिय तृप्तिको लागि।– माहात्मा गान्धी

७. जब हामी आफै हत्या गरिएका लाशको भोजन गर्दछौ भने यस धर्तीमा सुयोग्य बातावरणको कसरी कल्पना गर्न सक्छौ ? –जर्ज बर्नार्ड शा
***********************************?बास्तबिक बलि के हो ?
पाशोमा बाँधिएकोलाई पशु भनिन्छ। मानिस पनि काम, क्रोध, लोभ, मोह र अहंकारको पाशोमा बाँधिएको छ। यिनै पाँच विकारहरूको बलि (त्याग) गर्नु नै वास्तविक बलि हो। तन्त्र ग्रन्थमा भनिएको छ कामक्रोधौ पशुतुल्यौं विघ्नकृतौं बलिं दत्वा जपं चरेत् अर्थात् मनुष्यलाई विघ्न वाधा दिने काम क्रोध नै पशु हुन्। यिनको बलि दिएर ईश्वरको उपासना गर। यिनै पाँच विकार रूप पशुको बलि नै वास्तविक पंच बलि हो। बोका, रागा, हाँस आदिको हत्या क्रूर अत्याचार हो।
***************************?शाश्त्रमा उल्लेखित पन्च बलि भनेकोः–
(१) गोबलि :– गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने।
(२) श्वानबलि :– कुकुरलाई खाना दिने।
(३) काकबलि :– पृथ्वीमा कागलाई बलि दिने।
(४) देवादिबलि :– पातमा देवतालाई बलि दिने।
(५) पिपीलिकादिबलि:– कीरा(फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने।

प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध . वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो।

त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् स् यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि सनातन हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –
“यद् घ्राणभक्षो विहितस्सुरायास्तथा पशोरालाभनं न हिंसा। एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदुः स्वधर्मम्।।“ (श्रीमद्भागवत ११ –५–१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु–तर्क प्रस्तुत गर्ने गरिन्छ।

कतै(कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “ततः बरःकन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग/अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन।

भनिएको पनि छः “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ। जस्तै( वाल्मीकि रामायण अयोध्या कांड ५३्र२, १६्र १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ। त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो।

तसर्थः
जीव, जगत् र जगदीश्वरलाई निष्काम प्रेम र प्राणी मात्रको विशुद्ध सेवा, हित, मंगल, भलो र उपकार गर्नु नै सच्चा धर्म हो । सज्जनहरुले रतीदेबले झै आफुले भोकै बसेर पनि अथवा ऋषि दधीचिले झै आफू मरेर पनि अरुको प्राण रक्षा गर्दछन् भने दुर्जनले आफ्नो सुख, स्वाद, तृप्ति र सन्तोषका लागि अरुलाई दुःख दिने र मार्ने गर्दछन् । आफ्नै शरणमा बसेका निरीह, निरपराध र अबोध पशुको हत्या त झन घोरातिघोर अत्याचार र पाप हो तर स्वाद लोलुपता, स्वार्थपरता र मोह भावले वैरो भएको व्यक्तिले अरुको चित्कार, करुणक्रन्दन र आर्तनाद कसरी सुन्न सक्छ र रु दया नै धर्मको मूल हो भने पशु हत्या निर्दयता र क्रूरताको पराकाष्ठा त्यसैले दयावान या धार्मिक व्यक्तिले पशुपंक्षी र वनस्पति जगत् सबैलाई दया र प्रेम गर्दछ, तिनको रक्षाका निम्ति अहर्निश प्रयत्न गर्दछ भने धर्महिन व्यक्तिले अरुको हत्या र मांसभक्षण गर्दछ अरुको हत्या गर्ने र मांसभक्षण गर्ने मनुष्य कुनै पनि दृष्टिले धार्मिक हुनसक्दैन ऊ प्रकृति र परमेश्वरका दृष्टिमा दण्डनीय अपराधी मानिन्छ । मांस भक्षण, बलि प्रथा मुर्ख वा आध्यात्मिक ज्ञान नभएका र मतलबी राक्षसि प्रबृत्ति भएका व्यक्तिहरूको कार्य हो। यसो गर्ने व्यक्ति मृत्यु पश्चात सोझै भुत, प्रेत योनिमा जान्छन वा नर्कमा सजायका लागि जान्छन र नर्कमा सजाए समाप्ति पछि विभिन्न निम्न योनिको चक्कर काटेपछ मनुष्य योनिमा अपाङ्ग र गरीब कुलमा जन्म लिन्छन। यदि तपाई वैदिक सनातन धर्म(हिन्दु) मा बिश्वास गर्नुहुन्छ भने मांस भक्षण नै आजैबाट छोडी दिनुस, बलि दिनु त अति क्रुर कार्य भयो। मांस भक्षण गर्नु कसैलाई पशु हत्यामा उक्साउनु हो र तामसिक कार्य हो। त्यसमाथि मांस भक्षण गर्ने ब्यक्ति मृत्यु पश्चात सोझै जनावरको योनिमा जान्छन र त्यसपछि मनुष्य भै गरीब कुलमा जन्म लिन्छन्। 

related articles

Leave a Comment