Home Editor's Picks शाकाहारी बनौ अभियान

शाकाहारी बनौ अभियान

by jkapeed
216 views

शाकाहारी बनौ सबै हामी यो दशैमा ।
दुख पीडा आँसु कष्ट नहोस है कसैमा ।
पशु बलि धर्म होइन पेट पनि चिहान हैन ।।
हत्या हिम्सा धर्म भन्ने कोहि शास्त्र मा छैन
हेहेहे नखाउ है माछा र मासु ।
मासु सङ्गै मिसेको त्यो आँसु ।।

भोक र निद्रा भय त्रास पशुलाइ नि हुन्छ ।
के नै फरक छ र हजुर सबको रातो खुन छ
त्य्सैले है नकाटौ है रागा बोका खसी ।
स्वस्थकर छन है धेरै लौका अनि फर्सी ।
हेहेहे हत्या हिम्सा नगरौ कोहि पनि
प्राण सबको एउटै छ है भनी ।

शुद्द शाकाहार आहार गरि दशै मनाउनु ।
दुर्गा देबीको निहुमा बलि नचढाउनु ।
निर्णय गरौ माछा मासु त्याग्नलाइ आजै ।
गेडा गुडी साग सब्जी खाउ ताजा ताजै ।
हेहेहे अहिम्साको दियो है बालेर ।
अगि बढौ कुसस्कार फालेर ।।

रचयिता : अनिता भन्डारी

related articles

Leave a Comment